Tuesday, September 21, 2010

गुलावको फूल - कथा


नुवाकोटको दुईदिने बसाई पछि काठमाडौँ फर्कने क्रममा थिएँ। बट्टार बजारको मामा घरमा बसेँको थिएँ, त्यो रात। त्यसैले काठमाडौँ फर्कन बिहानै बट्टार बजारको बसपार्क आएँ, टिकट काटेँ अनि बसभित्र पसेँ। कुनै चाटपर्वको बेला थिएन त्यसैले बस भरिभराउ थिएन। हेर्दा टिकट कट्न पर्ने झन्झट नै थिएन। गाडी गुड्नै लागेको थियो, गाडीको ढोकाबाट दुईजना प्रवेश गरे। पहिलो महिला जो चालिस-बयालिस बर्षकी थिइन भने दस्री केटी थिइन जो विस-एक्काइस वर्षकी। लाग्दथ्यो आमा-छोरी थिए।

ती केटी सर्है राम्री थिइन। ती जस्ती राम्री केटी सायदै मैले कहिल्यै देखेको थिएँ। मेरो मुखले चुपलागेर बस्न सकेन र भनिहालेँ - आहा!! कति राम्री!!”

मैले बोलेको त्यो वाक्य ती अधवैशेँ महिलाको कानमा ठक्कर खान पुगेछ। उनले मलाई के भनिस् भनेर आफ्नो प्रवचन सुरु गरिहालिन्। म केही बोल्न सकिन। भन्दै थिइन्, कस्ता-कस्ता मान्छे हुन्छन्, आजभोलिका केटाहरु बेकम्मा, निकम्मा, के-के, के-के………।“ म चुप नै बसिरहेँ।

ती महिला कराऊँदा-कराऊँदै रानिपौवा आइपुगियो। यात्रुहरुलाई खाना खान गडीले ब्रेक लगायो। म गाडीबाट ओर्ले तर ती दुई ओर्लेनन्। एक पसलमा पसेँ, खाजा खाएँ र गडी चढ्न फर्केँ। गाडी चढ्नैलागेको थिएँ, बाटोमा भुराहरुले गुलावका फूल बेच्न राखेका रहेछन्। मैले एक थुँगा गुलावको फूल किनेँ र गाडी भित्र पसेँ।

मेरो हातमा गुलावको ताजा फूल देखेर ती केटी पनि चुप बस्न सकिनन् र बोलिहालिन्- आहा! कति राम्रो। मैले मुस्कुराउँदै भनेँ- राम्रोलाई राम्रो भन्नुभयो,! यो फूल लिनुहोस्। ती अधवैशे महिला हरिरहिन् मात्र। मैले महिलालाई देखाउँदै ती केटीलाई फूल दिएँ र भनेँ‑ तपाईँलाई राम्रो लागेको कुरा मैले तपाईँलाई दिएँ, तपाईँले पाउँनुभयो, तर मलाई राम्रो लागेको………

Friday, September 17, 2010

आमा (दोन्द्बकालको एक पाटो) - कथा






बाबु, मेरो बाबु! पर्ख, मैले तिमीलाई कहाँ-कहाँ खोजिनँ। पर्खन बाबु पर्ख। रुँदै भनिएको यस वाक्य सुनेर म पछाडि फर्किएँ। मलाई एक अधवैँशे महिलाले आई अँगालो हालिन्। मलाई केही डर महसुस भैरहेको थियो। तर मैले मेरो डरलाई लुकाइरहेँ। केही व्यक्तिहरुको आवाज सुनियो, बहुलाही भागी, बहुलाही भागी।

केही मनिसहरु आए। हेर्दा उनीहरु अस्पतालका कर्मचारी जस्ता देखिन्थे। उनीहरुले उक्त महिलाई तानेर मबाट छुट्याउन खोजे तर मैले उनीहरुलाई यसो गर्नबाट रोकेँ र उनले मलाई सुम्सुम्याई रहेकी थिइन्। मलाई पनि यस्तो महसुस भैरहेको थियो कि मेरो रक्तनलिहरुमा आमाको ममता प्रवाहित भैरहेको छ। उनले मलाई बडो ममताका साथ गहभरी आँशु पारेर हेरीरहेकी थिइन्, जसरी उनले मलाई बर्षौदेखि खोजिरहेकी थिइन्।

मैले उनलाई फकाएर प्रेमका साथ भनेँ- आमा, तपाईँ जानुहोस्, म तपाईँलाई भेट्न अबश्य आउनेछु। उनले पनि गार्हो मानेर तर आशावादी भएर हुन्छ भनिन् र मानसिक अस्पतालको एम्बुलेन्समा चढिन्। उनले मलाई हेरिरहेकी थिईन्, गाडी टाढा पुगुन्जेलसम्म पनि। म त्यहाँबाट आफ्नो बाटो लागेँ।

मलाई त्यस रात केही खनै मन लागेन। उनको त्यस्तो व्यवहार देखेर धेरै प्रश्नहरु जागे। उनी कसरी त्यस्तो मानसिक रोगी भइन्? मैले आफैँलाई प्रश्न गरेँ। मेरो मन अस्थिर भैरहेकवो थियो। रातमा निन्द्रा लागेन। मैले मनमनै भने- मैले जसरी भए पनि त्यस कारणको जगसम्म पुग्नैपर्छ।

भोलिपल्ट बिहानै म घरबाट बाहिर निस्केँ, उनलाई भेट्न। मेरो मम्मीले मलाई सोध्नुभयो- कहाँ हिडेको यति चाँडो? मैले सबैकुरा बेलिबिस्तार लगाएर आफ्नो बाटो लागेँ।

म मानसिक अस्पताल पुग्दा उहाँ मेरै बाटो कुरिरहनुभएको रहेछ। मैले अरुबाट सुनेको उहाँ रातभर पनि मेरै मलाई नै कुरिरहनु भएको रहेछ। उहाँ भन्नुहुदोरहेछ- मेरो छोरो भेटियो, ऊ मलाई भेट्न आउँदैछ। मलाई उहाँले देखेर आँशु पनि खसालीहल्नुभयो। मेरो आँखाबाट पनि कतिखेर आँशु खसेछ पत्तैपो भएनछ। केही महिनासम्म म उहाँलाई भेट्न गइरहेँ र उहाँलाई पनि ठिक भएजस्तै भयो। अस्पतालका डाक्टरहरुले पनि उहाँलाई लगेर गएहुन्छ भन्न थाले। मलाई उहाँको बारेमा केही थहा थिएन र सोच्न थालेँ, कहाँ लाने?

मैले उनलाई भनेँ- आमा अब घर जाऔँ, हामी हाम्रै आफ्नै घर जाऔँ। उनले खुसी भएर भनिन् र त्यहाँबाट टाढा एक खरको घरमा पुर्याइन्। हाम्रो घर यही हो बाबु- उनले भनिन्।

आमा, हामी कसरी टाढा कसरी भयौ त? मैले प्रश्न गरेँ, जसरी म उहाँकै छोरो हुँ। उनले‍ पनि जवाफ दिँदै भनिन्- बाबु, हाम्रो एक सम्मन्न परिवार थियो। हाम्रो परिवारमा तेरो पिता, दाजु दुईजना, दिदी शान्ती, तँ र म खुसीका साथ बसेका थियौँ। ttतँ जन्मेकाले त झन् परिवारमा चमकनै आएको थियो। तेरा काकाहरुले हाम्रा सम्पत्तिमा आँखा लगाइरहेका रहेछन्। त्यसैले उनीहरुले हामीलाई र हाम्रो घरलाई सुखी र खुसी राख्ने र तिमीहरुलाई ठूलो भएपछि स्वतन्त्रताकासाथ घुमाउने र महान बनाउने भनी घरको सम्पत्ति आफ्नो हातमा लिन थाले। दिनदिनै घरको सम्पत्ति सकिँदै गयो। घरमा दु:खहरु आउँदै गए। तेरा पिता विदेश जानु भएको अहिलेसम्म आउनुभएन। तेरा काकाहरु पनि कहाँ छन् केही थाहा छैन। तेरो एक दाजु जङ्गलतर्फ पसेको छ। आर्को सरकारतर्फ लागेको छ। शान्तिलाई पनि कसले कहाँ लगेको छ केही पत्तो छैन। तेरा दाजुहरु पनि यस घर चलाउन एक अर्कामा लडिरहेछन्। एक अर्कालाई मर्न अघि सर्छन्। आ-आफ्नो समूह लिएर हिँड्छन्। यसै झगडामा धेरै निर्दोशहरुले ज्यान गुमाइसकेका छन्।


म तपाईँबाट कसरी बिछोडिएँ त? मैले प्रश्न गरेँ उनको कान्छो छोरोको जनकारी पाउनको निमित्त। उनले जवाफ दिइन्- , तँ ६ महिनाको हुँदा तलाई घरमा एक्लै छोडेर घाँस काट्न वन गएको थिएँ, म फर्किदा तँ घरमा थिइनस्। मैले तँलाई धेरै ठाउँमा खोजेँ तर भेट्न सकेकी थिइन। त्यस पिछि मलाई केही पनि होस भएन, आज आएर यत्रो बर्षपछि भेटेँ बाबु।

म त्यहाँबाट आफ्नो घर आएँ। मैले उनले भनेका सारा कुरा घरमा भनेँ। ती कुरा सुनेर मेरो मम्मीले गहभरी आँशु परेर भन्नुभयो- बाबु, मैले तँलाई तँ यत्रो हुन्जेलसम्म पनि एउटा कुरा लुकाएकी थिएँ। तँ मेरो कोखबाट जन्मेको छोरो होइनस्। मबाट बच्चा नहुने भएपछि भौतरिँदै हिडेकी थिएँ। एकदिन एकजना मान्छे आएर बच्चा दिलाइदिने भन्यो र मैले त्यस व्यक्तिसँग तँलाई किनेको हो। तँ पक्का पनि त्यही आमाको छोरो होस्। सच्चा आमाको आँखाले कहिल्यै धोका दिँदैन, बाबु। उनले तलाई चिनिन् तर तैँले उनलाई जन्म दिने आमाको रुपमा नचिने पनि आफ्नो आमा चाहिँ मानेको छस्, मलाई थाहा छ। तँ धन्य छस्। तँ सधैँ अमर रहेस बाबु। म पनि त्यस ममतामयी भेट्न जान्छु हिड्।

बाटोमा मलाई कसले बेच्योहोला भनेर मनमा खुलदुली भैरह्यो। तर मैले मम्मिलाई भनिन। जे होस् मैले दुई-दुई जना आमा पाएँ खुसी थिएँ। हामी दुबै आमा भएको ठाउँमा पुग्दा, हामी सबैका आँखामा आँशुका ढिक्का भरिने दृश्य देख्नु पर्यो, हामी स्तब्ध भयौँ।

गटटटटट्….. भटटटट्…..आवज थियो। ssकयौँका लाशहरु छरपष्ट थियो। कसैले सैनिक पषाक लगाएका थिए, कसैले तारा अङ्कित रुमाल टाउकामा बेरेका थिए। जब दुबै तर्फका सैनिक सकिए तब दुई पुरुषहरु एक अर्कालाई बन्दुक ताकिरहेका थिए। दुबै हामी सामू आए र मौका पाए एक अर्कालाई मार्ने उनीहरुको ध‍्यान उनीहरुको देखिन्थ्यो।

त्यो दृश्य देखेर मलाई कुनैबेला प्रयाष गर्दै लेखेको एक गजल याद आउँदैथियो:

म बाच्ने संसारमा औजारको धार चाहियो

आफ्नैलागि आफ्नैबाट आज मलाई पार चाहियो।

हत्या, हिंसा, भोकमरी फैलिँदैछ संसारमा

मलाई सुख, मलाई आराम पच्चिस गुणा चार चाहियो।

शान्ति क्षेत्र लुम्विनिमा पड्क्यो हिजो बारुद अरे

देशको हितको लागी मलाई आठौँ बार चाहियो।

आफ्नै नातालाई मारेँ मैले, आन्दोलनमा कुटी-कुटी

चाहे काट, चाहे मार सत्ताको मलाई सार चाहियो।

हिमाली भउजू, पहाडी बुहारी भए विधुवा के भो?

मलाई आफ्नो जीत, विपक्षिको हार चाहियो,

म बाच्ने संसारमा औजारको धार चाहियो

आफ्नैलागि आफ्नैबाट आज मलाई पार चाहियो।

चारै तिरबाट भयानक आवजहरु सुनिन थाल्यो। दुई राक्षषहरु त्यहाँ देखा परे। उत्तरबाट हाम्री आमाले लगाएकी उच्च शिरबन्दी र पूर्व, पश्चिम र दक्षिणबाट अर्को राक्षष हाम्री आमाको स्वयम्भूका बुद्बका झैँ नयन र तराईका सुनझैँ धानका बालाझैँ पाउजू, झरनाझैँ कपाल र सुन्दर शरीरमा आँखा लगाईरहेका थिए।

हामीलाई आमाले भन्नूभयो- ती बन्दुक लिएका मेरा दुई छोराहरु हुन्। दुबै मेरा रक्षा गर्न चाहन्छन् तर उनीहरु आ-आफ्ना स्वार्थ पनि पूरा गर्न चाहन्छन्। यिनीहरुले कयौँका ज्यान समेत लिए, आफ्नी आमाका रक्षाका खातिर तर यिनीहरुलाई यो होष छैनकि म यो अबस्थामा पुगेकी छु।

आमाले यति मात्र के भनेकी थिइन्, दुबै मेरा दाजुहरुले बन्दुक फ्याँके र हातमा हात मिलाए, केही आत्मग्लानी भएछ क‍्यारे। हामीहरुले पनि उनीहरुको हातमाथि हात राख्यौ। त्यहीबेला शान्तीपनि टुप्लुक्क आइपुगिन्। हामी एक जुट भएको देखेर ती राक्षषहरु लाचार भै उभिरहेका थिए, तर मौकाको प्रतिक्षा थियो तिनीहरुलाई।

Tuesday, September 14, 2010

बोत्तल बदन



रातो टोपी लगाएको थियो त्यसले नाङ्गा अनि सलक्क परेका घाँटीले मुन्तिर शरिरको उठ्दै गरेको भागलाई पछ्याउँदै गएको थियो। छाती अलि ठूलो थियो। छातीको भाग मात्र रातो प्ल्लास्टिकले छोपेको थियो, हेर्न चाहँदा-चाहँदै पनि त्यस प्ल्लास्टिकको छोपाईले भित्र हेर्न सकिदैनथ्यो। छातीबाट तलतिर घटेको जस्तो जीउ तर मोटै थियो। मिलेको भुँडीको मुनी मिलेकै कम्मर साच्चै रहर लाग्दा थिए। कम्मर मूनीको भाग फेरी फूलेको थियो, हिप थियो त्यो। हेर्दै गएँ विचराको खुट्टै रहेनछन्। हिपलेनै अडेको थियो त्यो। हिप माथिका रहर लाग्दा जीउ देखेर कसलाई मोहित नगर्ला, मलाई पनि मोहित बनाइहाल्यो। हिप माथिका रहर लाग्दा जीउ देखेर मलाई सर्है छुन र धित मर्ने गरी हेर्न र त्यसको स्पर्स गर्न मन लाग्यो। साच्चै भन्ने हो भने चाख् न मन लाग्यो।

म त्यसको नजिक गएँ, रहर लाग्दा त्यसको घाँटी समाएँ, आफूसामू ताने र त्यसको हरेक भाग छामेँ। हिप, कम्मर, भूडी, कहाँ- कहाँ छामेँ मैले। त्यसको पुरै बदन चिसो थियो। गर्मी मौसम त्यो चिसोको स्पर्सले यो मन झनै रमायो। त्यसले लगाएको रातो टोपी खोलिदिएँ। मेरो मुख बन्द गर्ने मेरा दुई ओठहरुले उसको मुखको स्पर्स गर्यो। त्यस चिसो शरीर अनि त्सको मुखबाट आउने चिसै झोलको सन्तुष्टी लिएँ मैले। मन सन्तुष्ट भयो। गरुङ्गो भएको शरिर हल्का भयो तब मेरा आँखा त्यसका छाति छोप्ने प्ल्लास्टिकमा पर्यो जसमा लेखिएको थियो: Coca-cola..


Friday, September 3, 2010

हामी जनता



हामी सधैं कुर्लिने गर्छौं कि हाम्रो गाउँ, देश अविकसित रह्यो। सरकारले देश, गाउँ विकासमा केही गर्न सकेन। हाम्रा नेताहरुले देशलाई खाए, खोक्रो बनाए। तर यसमा दोष कसको? यसमा दोष हामी जनताकै हो। देशका नेता हामी जनतालेनै चुनेर पठाएका हौं। हामीले चुन्ने बेलामा भने, जे पर्ला पर्ला यसलाई नै चुन्छौं भनेर भोट हालेका हौं। हामी कति जना त प्रलोभनमा समेत परेका थियौं होला। प्रलोभनमा पार्न नेताहरुले छरेका चाराहरु त भ्रष्टाचार नगरी कसरी उठ्छ र? जब जरो (जनता) नै कमजोर छ भने रुख (देश) को हाँगो (नेता) कसरी राम्रा हुन्छन्।

नेतालाई गाली गर्ने, गाली गर्दा भएन भने कठालो समाउने अधिकार छ हामीसँग तर हामी पनि कम्तिको भ्रष्ट छैनौं किनकी यदी हाम्रो कोही आफ्ना माथिल्लो पदमा रहेछन् भने कानुन विपरित कयौं काम अह्राउँछौं नि हैन र? हामी सरकारसँग भात माग्छौं, त्यसपछि तरकारी अनि थरिथरिका परिकार र हामी जनता भने तास, क्यारम र गफमा मस्त हुन चाहन्छौं। मागेर मात्र हुँदैन आफुले पनि देशलाई पसिना दिन सक्‍नुपर्छ।

जनताको परिश्रम र पसिना भने विदेशियको छ। रेमिट्‍यान्स भित्रिएको छ भनी मख्ख पर्छौ। गाउँ छाडी सदरमुकाम वा शहरमा बस्ती बसाउन थाल्छौं। गाउँमा को बस्छ? छोराछोरीले पैसा पठाएका छन् भनी गजक्क परेर अनुत्पादक क्षेत्रमा (जस्तैः भवन निर्माण) लगानी गर्छौ भने उता खेत बाँझै। के पछि बाँझो खेतमा बसी पलेटी मारेर पैसा खाने हो र? यही रितमा जाने हो भने आज छोरो विदेशियो, भोली नाति विदेशिन्छ र पर्सि पनाति पनि विदेशिनु पर्ने वाध्यता स्वत पर्छ। अहिले हामीले अवलोकन गर्ने हो भने धेरै जसोका परिवारको कोही न कोही विदेशियका छन्। विदेश जाँदा नेपालीहरु नेपाललाई गाली गर्ने गर्छन्- सबै चोरफटाहा छन्, यस्तो देशमा को बस्छ। तिनै चोर फटाहाहरुलाई देश सुम्पिए पछि देश कसरी सप्रिन्छ? आफू राम्रो भए आफैंले नै देशको जिम्मा लिन सकिन्छ नि हैन र? विदेशिनुबाट बचेकुचेका जो छन् ति पनि नेतागिरी गर्छन्, कार्यकर्ताको निहुँमा गुन्डागर्दी गर्छन्। वेरोजगारीको अलख जगाई देशले केही गरेन, सरकारले केही गरेन भन्छौं तर आफु पाईला चाल्ने प्रयास कहिल्यै गर्दैनौं। देशको युवाशक्ति कि त विदेशीयको छ कि त कुर्सिमा बसेका नेताहरुका नाजायज उद्देश्यप्राप्तीका लागि जायज माग राखेर आन्दोलनमा उत्रिएको छ। अरुलाई धेरै सल्लाह दिन्छ तर आफु केही गर्न जान्दैनन् र खोज्दैनन्।

काम ठुलो सानो हुँदैन - हामी सबै भन्छौं। तर के हामीले व्यवहारमा उतारेका छौं त? मजदुरी गर्ने व्यक्तिलाई निच व्यवहार देखाउँने परम्परा र परिपाटिले गर्दा हातमा डिग्री लिएर बसेको एक युवा आफैं जस्तो शिक्षित व्यक्तिको नराम्रो व्यवहारका कारण मजदुर हुन हिचकिचाउँछ। यो हामीले देखेका छौं। भोगेका पनि छौं। एउटा व्यक्ति भारी वोकेर गुजारा गर्छ भने उसलाई उसको साहुले तपाईभनेर संवोधन गर्दैन तँनै भनेर बोलाउँछ चाहे त्यो भरिया आफ्नै बाबुको उमेरको किन नहोस्। ज्यामी, मिष्त्री, मजदुर, भरियाको माग बडेको बढ्यै छ तर देशमा हामी ती काम गर्न चाहन्नौ। कारणहरु हुन् - साहुहरुको व्यवहार, कामलाई सानो भनिदिने शिक्षित व्यक्ति र हाम्रो मानसिकता।

देश व्यक्ति, समूह र समाजको एकिकृत रुप हो। व्यक्ति र समाजले देशलाई दिएको पसिना र करबाट नै देशले सेवा, सुविधा र सुरक्षा जनतालाई दिने गर्छ। अहिले धेरै युवायुवतीहरु कुलत, गुण्डागर्दी, दुर्वेशनी, व्यश्यावृत्तिमा नै जीवन खेर फालिरहेका छन्। म र मेरो भन्दा माथी उठेर देश, जनता र भावि पिडीको बारेमा पनि विचार गरौं। मनले मात्र हैन दिमागले पनि सोचेर एक जुट हौं। अब खुट्टा तान्न छोडौं र प्रतिज्ञा गरौं - "म केही असल गर्छु"।