नुवाकोटको दुईदिने बसाई पछि काठमाडौँ फर्कने क्रममा थिएँ। बट्टार बजारको मामा घरमा बसेँको थिएँ, त्यो रात। त्यसैले काठमाडौँ फर्कन बिहानै बट्टार बजारको बसपार्क आएँ, टिकट काटेँ अनि बसभित्र पसेँ। कुनै चाटपर्वको बेला थिएन त्यसैले बस भरिभराउ थिएन। हेर्दा टिकट कट्न पर्ने झन्झट नै थिएन। गाडी गुड्नै लागेको थियो, गाडीको ढोकाबाट दुईजना प्रवेश गरे। पहिलो महिला जो चालिस-बयालिस बर्षकी थिइन भने दस्री केटी थिइन जो विस-एक्काइस वर्षकी। लाग्दथ्यो आमा-छोरी थिए।
ती केटी सर्है राम्री थिइन। ती जस्ती राम्री केटी सायदै मैले कहिल्यै देखेको थिएँ। मेरो मुखले चुपलागेर बस्न सकेन र भनिहालेँ - “आहा!! कति राम्री!!”
मैले बोलेको त्यो वाक्य ती अधवैशेँ महिलाको कानमा ठक्कर खान पुगेछ। उनले मलाई “के भनिस्” भनेर आफ्नो प्रवचन सुरु गरिहालिन्। म केही बोल्न सकिन। भन्दै थिइन्, “कस्ता-कस्ता मान्छे हुन्छन्, आजभोलिका केटाहरु बेकम्मा, निकम्मा, के-के, के-के………।“ म चुप नै बसिरहेँ।
ती महिला कराऊँदा-कराऊँदै रानिपौवा आइपुगियो। यात्रुहरुलाई खाना खान गडीले ब्रेक लगायो। म गाडीबाट ओर्ले तर ती दुई ओर्लेनन्। एक पसलमा पसेँ, खाजा खाएँ र गडी चढ्न फर्केँ। गाडी चढ्नैलागेको थिएँ, बाटोमा भुराहरुले गुलावका फूल बेच्न राखेका रहेछन्। मैले एक थुँगा गुलावको फूल किनेँ र गाडी भित्र पसेँ।
मेरो हातमा गुलावको ताजा फूल देखेर ती केटी पनि चुप बस्न सकिनन् र बोलिहालिन्- “आहा! कति राम्रो।“ मैले मुस्कुराउँदै भनेँ- “राम्रोलाई राम्रो भन्नुभयो, ल! यो फूल लिनुहोस्।“ ती अधवैशे महिला हरिरहिन् मात्र। मैले महिलालाई देखाउँदै ती केटीलाई फूल दिएँ र भनेँ‑ “तपाईँलाई राम्रो लागेको कुरा मैले तपाईँलाई दिएँ, तपाईँले पाउँनुभयो, तर मलाई राम्रो लागेको………।“
No comments:
Post a Comment